नेपाल सुनचाँदी व्यवसायी मञ्चद्धारा रक्तदान कार्यक्रमको आयोजना

Posted on: १० बैशाख २०७७, बुधबार

बैशाख १०- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले रक्तदान कार्यक्रमको  आयोजना गरेको छ । कोरोना भाइरसको महामारी फैलिरहेको संकटकालिन अवस्थामा रगतको अभाव नहोस भन्ने उद्देश्यले महासंघले बुधबार काठमाडौँको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । विगतदेखि नै सुनचाँदी व्यवसायी मञ्चले सामाजिक काम गर्दै आइरहेको र वर्तमान समयमा रगतको चरम अभाव भइरहेकाले रगत अभावमा कुनै पनि व्यक्तीको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । सुनचाँदी व्यवसायी मञ्चमा आवद्ध ५० जना सदस्यहरुले रक्तदान गरेका छन ।

 

Comments

comments