फागुन महिनादेखि नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आउने

Posted on: २६ माघ २०७६, आईतवार

काठमाडौँ, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा निमार्ण भइरहेको क्रुजसीपको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै क्रुजसीपको निर्माण शुरु भएको थियो । क्रुजसीप निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले पानी जहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको बताउनुभयो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि क्रुजसीप अर्थात सानो जहाज सञ्चालनमा ल्याइने उहाले जानकारी दिनुभयो । सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण भइरहेको जनाइएको छ ।

Comments

comments