फ्रान्सबाट कतार हुँदै आएकी नेपाली युवतीमा कोरोनाको संक्रमण

Posted on: १० चैत्र २०७६, सोमबार

चैत १०, काठमाडौँ । नेपालमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । फ्रान्सबाट केही दिनअघि नेपाल आउनुभएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभएको हो । चैत ४ गते फ्रान्सबाट दोहा, कतार हुँदै नेपाल आउनुभएकी १९ वर्षिया नेपाली युवतीमा कोरोना संक्रमण पोजेटिभ दखिएको हो ।

Comments

comments