बाँकेको जमुनाहा नाका एक हप्ताका लागि बन्द

Posted on: ९ चैत्र २०७६, आईतवार

चैत ९, काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिनुभयो । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए । यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

Comments

comments