बुधबारदेखि १४ दिन मलेसिया ‘लकडाउन’ गरिने

Posted on: ४ चैत्र २०७६, मंगलवार

चैत ४, काठमाडौँ । नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागेको हो । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि बुधबारदेखि चैत १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किन सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्ने छ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

Comments

comments