सोमबारदेखि लामो दूरीका सवारी साधन चलाउन नपाइने

Posted on: ९ चैत्र २०७६, आईतवार

चैत ९, काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि केही दिनका लागि यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो । एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्ने सम्भावना भएकाले लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो ।

Comments

comments